बझाङमा धारिलो हतियार देखाएर लुटपाट गर्ने २ जना पक्राउ

बझाङमा धारिलो हतियार देखाएर लुटपाट गर्ने २ जना पक्राउ

बझाङ । बझाङमा धारिलो हतियार देखाई लुटपाट गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका १० का १८ बर्षिय सुरज श्रेष्ठ र मष्टा गाउँपालिका १ का १८ बर्षिय गजेन्द्र पुरी रहेका छन ।

उनीहरुले जयपृथ्वी नगरपालिका वडा नं. ८ को सेलाखेतमा खानेपानि आयोजनामा मजदुरको काम गर्ने बैतडीको सुर्नाय गाँउपालिका घर भएका २७ वर्षिया किशोर विष्टलाई धारिलो हतियार देखाई लुटपाट गरेका थिए ।

बुधबार दिउँसो २ बजे जयपृथ्वी नगरपालिकाको सेलाखेतबाट फर्किरहेका विष्टलाई धारिलो हतियार देखाएर स्यामसुङ कम्पनिको मोवाईल र नगद लुटपाट गरेको पिडीत विष्टको भनाई छ । दिभरिको काम सकेर चैनपुर फर्कदै गर्दा श्रेष्ठ र पुरीले आफु संग भएको सबै सामान नदिए ज्यान समेत लिने भन्दै धारिलो हतियार देखाएर लुटेको उनको भनाई छ ।

पिडीत विष्टले दिएको उजुरीको आधारमा उनीहरु दुबै जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो चैनपुर बजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी लोकेन्द्र सिंह कार्कीका अनुसार उनीहरुमाथि चोरि सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालतवाट म्याद थप अनुमति लिई अनुसन्धान जारी रहेको छ ।