आगामी तीन दिनको मौसम : कहिलेबाट होला मौसममा सुधार ?

आगामी तीन दिनको मौसम : कहिलेबाट होला मौसममा सुधार ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल  देशभर आँशिक देखी सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ २४ गते (शनिबार)

दिउँसो : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २५ गते (आइतबार)

दिउँसो : देशका पहाडी भूभागहरुका आंशिक वदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती :  प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

माघ २६ गते (सोमबार)

दिउँसो : देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

राती :  देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपात तथा सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश न १ र बागमती प्रदेशमा वदली भै हल्का देखि मध्यम बर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।