महिनावारीमा मौसमको प्रभाव: मासिक चत्रमा कुनै प्रकारको रुकावट आयो भने के हुन्छ ?

महिनावारीमा मौसमको प्रभाव: मासिक चत्रमा कुनै प्रकारको रुकावट आयो भने के हुन्छ ?

महिलाहरुको मनमा महिनावारीको बारेमा विभिन्न प्रश्नहरु उत्पन्न हुन्छन् । यो कसरी प्रभावित हुन्छ ? कसरी यसले हामीलाई प्रभावित गर्छ ।

- यदि मासिक चत्रमा कुनै प्रकारको रुकावट आयो भने के हुन्छ ? भन्ने जिज्ञासा हरेक महिलाको मनमा उत्पन्न भैरहेका हुन्छन् ।

- के मौसमले पनि तपाईंको महिनावारीमा रुकावट ल्याउन सक्छ ?

- सक्छ ।

जाडोयाममा महिनावारी र प्रि–मेन्स्ट्रुअल तनाव बढ्न सक्छ । जाडोयामा धेरैका लागि महिनावारी अत्यधिक नराम्रो हुन सक्छ । जाडोयाममा धेरै चिसोका कारण महिलाहरु सजिलै विरामी हुन सक्छन् । कहिलेकाहिं त महिलाको मुड तापक्रम जस्तै उतारचढाव हुन्छ । जाडो मौसमले महिलाहरुको मासिक चत्रमा धेरै असर पर्छ ।

त्यसैले महिलाहरु प्राय: जाडो मौसममा महिनावारीमा समस्या आएको गुनासो गर्छन् । यस्तो अवस्थामा बढ्दो मौसमसंगै केही आवश्यक कुराहरुमा ध्यान दिनु आवश्यक छ । जसका बारेमा केही जानकारी यस प्रकार छन् ।

मासिक चक्रको अवधि
जाडोले मासिक चक्रको अवधिलाई प्रभावित गर्छ । हार्मोन स्रावमा बृद्धि, मासिक चक्र कम हुनु आदि । जाडोयाममा मासिक चक्र चिसोका कारण बिग्रन्छ । एउटा सर्वेक्षणका अनुसार गर्मीमा अन्डाशय धेरै सक्रिय हुन्छ । जाडोयाममा अन्डाशयको स्तर ९७ प्रतिशतबाट घटेर ७१ प्रतिशत हुन्छ । लामो मासिक चक्र र घट्दो अन्डाशयका कारण महिनावारी समस्यायुक्त हुन सक्छ ।

घाम
घाम अर्थात सूर्यको किरण भिटामिन डी र डोपामाइन दुबै नै बनाउन सहयोग गर्छ । यी बिना जुन मुड स्विङहरु हामी महिनावारीमा महसुस गर्छौं, त्यो बढ्न सक्छ, जसबाट पार पाउन गाह्रो हुन्छ । घाममा प्लेजर, मोटिभेसन र कन्स्ट्रेसन बढ्छ । घामले शरीरमा फोलिक स्टिम्युलेटिङ हार्मोनको स्राव बढाउँछ । यो हार्मोनले शरीरलाई साधारण बनाउँछ । महिलाहरुको गर्मियामको तुलनामा जाडोयामा धेरै अन्डाशय बढ्छ, जसका कारण रगत (महिनावारी) लामो समयसम्म हुन्छ ।

प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम

प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम अर्थात महिनावारी शुरु हुनु भन्दा पहिला महिलाहरुमा देखिने परिवर्तन अथवा लक्षणहरु हुन् । जसमा महिलाहरुमा देखिने चिडचिडापन, सुजन, चिन्ता, एन्जाइटी र डिप्रेशन महसुस हुन्छ । जाडोयाममा महिला प्राय: घरमा बस्छन् , जसका कारण उनीहरु स्वंयलाई तटस्थ महसुस गर्छन । घामको कमी अर्थात भिटामिन डी र क्याल्सियमका कमीका कारण पीएसएस झन बढ्छ । त्यस्तो सयममा खानपानको विशेष ध्यान राख्न आवश्यक छ । उच्च क्याल्सियमयुक्त खाद्यपदार्थको सेवन र नियमित रुपले व्यायाम गर्ने पीएमएसको लक्षणमा सुधार आउन सक्छ ।

महिनावारीमा हुने पीडा
जाडोयाममा महिनावारीको पीडा झन् धेरै बढ्छ, किनभने हाम्रो रक्तबाहिकाहरु संकुचित भएको हुन्छ । यसले हाम्रो रक्तवाहिनिहरुमा अवरोध उत्पन्न हुन्छ र रक्तप्रवाहमा बाधा आउँछ । त्यसैले जाडोमा महिनावारी हुँदा धेरै पीडा हुन्छ । त्यसका लागि तातो पानीको बोतल अथवा हट ब्यागको प्रयोग गर्न सकिन्छ । यसले महिनावारीमा हुने पीडा कम गर्न सहयोग गर्छ ।

हार्मोनल इम्ब्यालेन्स

हार्मोनल इम्ब्यालेन्स जाडोमा हुने एउटा अर्को समस्या हो । चिसो मौसमका कारण चिसोमा घामको राप कम हुन्छ । घाम कम हुँदा एन्डोक्रिन सिस्टमलाई प्रभावित गर्ने मात्र होइन, थाइराइडको गतिलाई हल्का गर्छ । हल्का थाइराइडले मेटाबोलिज्म पनि हल्का हुन्छ । यसको असर हाम्रो मेटाबोलिज्म र महिनावारीमा पर्छ, जबसम्म शरीरले स्वंयलाई मौसमको अनुसार ढल्दैन । यदि तपाईंको महिनावारीमा धेरै समस्या भयो भने गाइनोकोलोजिस्ट अथवा एन्डोक्रिनोलोजिस्टसंग सम्पर्क गर्नु पर्छ ।

हाम्रो व्यवहार परिवर्तनको असर पनि हाम्रो महिनावारीमा पर्छ । जाडोयाममा हाम्रो व्यावहारिक जीवनमा धेरै परिर्वतन देखिन्छ ।

जस्तै व्यायाम कम गर्नु, हाई फ्याट र गुलियो खाना, अल्कोहलको सेवन धेरै गर्नु । यसप्रकारको जीवनशैलीले महिनावारीमा हुने समस्या र पीएमएसलाई बढाउन सक्छ ।

मुड, मेटाबोलिज्म र मेन्स्ट्रुएसन मौसमसंगै परिवर्तन हुन्छ ।