कैलालीमा 'गोदावरी कप खुल्ला भलिबल' प्रतियोगिता हुने

कैलालीमा 'गोदावरी कप खुल्ला भलिबल' प्रतियोगिता हुने

धनगढी । कैलालीको गोदावरी नगरपालिका ४ मा 'गोदावरी कप खुल्ला भलिबल' प्रतियोगिता हुने भएको छ । गोदावरी युबा क्लबको आयोजनामा फागुन ८ गते देखी उक्त प्रतियोगिता हुने भएको हो । आयोजक संस्थाले शनिबार अत्तरियामा पत्रकार सम्मेलन को आयोजना गर्दै सो कुराको जानकारी दिएको हो ।

खेलको माध्यमबाट युबाहरुलाई राष्ट्र निर्माणमा प्रेरित गर्न भलिबल प्रतियोगिता आयोजना गरिएको क्लब का अध्यक्ष निर्मल मगरले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु ५१ हजार नगद ,ट्रफी र प्रमाण पत्र पाउने छ । यस्तै दोस्रो हुने टिमले रु २५ हजार नगद र प्रमाण पत्र पाउने छ । प्रतियोगितामा सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद रु ५/५ हजार पाउने छन ।

प्रतियोगिता अनतर्गत बेष्ट खेलाडीलाई नगद रु ५ हजार ,ट्रफी र प्रमाण पत्र ,बेष्ट डिफेन्डरलाई नगद रु २ हजार ,बेष्ट स्पाइकरलाई नगद रु २ हजार दिइने खेल संयोजक मान बहादुर राईले बताए । खेलको मुख्य प्रायोजकको रुपमा गोदावरी नगरपालिका वडा नम्बर ४ रहने छ । प्रतियोगिता प्रदेशभरका १६ टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।