विराटनगरमा प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको भातृ संगठनहरुको विरोध प्रदर्शन

विराटनगरमा प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको भातृ संगठनहरुको विरोध प्रदर्शन

देशभर विरोध गर्ने क्रममा विराटनगरमा पनि प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका २० वटा भातृ संगठनहरुले वरोध प्रदर्शन आयोजना गरेका छन् ।

कर्मचारी, मजदुर, शिक्षक, पत्रकार, कानून व्यवसायी, स्वास्थ्यकर्मी लगायतका भातृ संगठनले आयोजना गरेको सो विरोध सभालाई सम्बोधन गर्दै सहभागीहरुले कम्युनिष्टहरु विभाजित भएको भन्दै द्विविधामा फस्न नहुने धारणा व्यक्त गरेका थिए ।

उनीहरुले अधिनायकवादी गतिविधिको विरुद्ध एक जुट भएर अघि बढ्न नेताहरुलाई आग्रह गर्दै संविधानलाई धरापमा पार्ने कार्यको विरोध हुनुपर्ने बताएका थिए । उनीहरुले दुई धारमा कांग्रेस बहकिन नहुने बताउदै अहिलेको राजनैतिक अवस्थामा एक जुट भएर विरोध गर्नुको विकल्प नभएको बताएका छन् ।

विरोध सभालाई सम्बोधन गर्र्र्दै युवा विद्यार्थी नेताहरुले सरकारमा जाने कार्यले कांग्रेसलाई थप क्षति हुनसक्ने भएकाले निर्वाचनबाट पहिलो पार्टी हुने अवसरको सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।