सिड्नी सिक्सर्सले जित्यो बिग बाश लिगको उपाधि

सिड्नी सिक्सर्सले जित्यो बिग बाश लिगको उपाधि

बिग बाश लिगको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सिड्नी सिक्सर्सले पर्थ स्कोर्चर्सलाई २८ रनले पराजित गर्दै बिग बाशको उपाधि जितेको हो ।सिड्नीले एको १८९ रनको लक्ष्य पछाएको पर्थले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ६ विकेट गुमाउदै १८८ रन बनाएको थियो ।

योसँगै सिड्नी सिक्सर्सले लगातार दोस्रो पटक बिग बाशको उपाधि जितेको छ भने अहिलेसम्म तीन पटक बिग बाशको उपाधि जितेको छ । त्यस्तै पर्थ भने तेस्रो पटक बिग बाशको उपविजेता बनेको छ । पर्थले अहिलेसम्म दुई पटक उपाधि जितेको छ ।