युट्युब च्यालेन्जको चक्करमा जोशमा होस गुमाएः १.५ लिटर भोड्का पिएपछि मृत्यु, हेरिरहे दर्शक!

युट्युब च्यालेन्जको चक्करमा जोशमा होस गुमाएः १.५ लिटर भोड्का पिएपछि मृत्यु, हेरिरहे दर्शक!

 मानिसहले आफैंलाई हानी गरिरहेका हुन्छन् । यस्तै घटना रुसमा भएको छ जहाँ ६० वर्षका एक व्यक्तिले च्यालेन्जको नाममा १.५ लिटर भोड्का (रक्सी) पिएपछि उनको मृत्यु भएको छ । र यहाँ याद गर्नुपर्ने कुरा के छ भने लाइभ स्ट्रिमिङका बेला दर्शकले उनको मृत्यु भएको प्रत्यक्ष हेरिरहेका थिए । 

युट्युबको लाइभ स्ट्रिमिङको क्रममा भयो मृत्युः

घटना रसियाको हो जहाँ ६० वर्षका वृद्धले युट्युबमा लाइभ स्ट्रिमिङका बेला धेरैभन्दा धेरै रक्सी पिउने चुनौती स्विकार गरे र त्यो पूरा गर्नका लागि १.५ लिटर भोड्का पिए । लाइभ स्ट्रिमिङमा उनले रक्सी पिइरहेको हेरिरहेका दर्शक उनको मृत्यु भएको देखेर अचम्मित भए । 

युट्युबरद्वारा दिइएको थियो चुनौतीः

द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार ‘ग्रान्डपा’ नामका यी रुसी व्यक्तिलाई एक युट्युबरले धेरै रक्सी पिएको बदलामा पैसा दिने चुनौती दिएका थिए । यस्ता प्रकारको चुनौतीलाई ‘थ्रेस स्ट्रिम’ वा ‘ट्र्यास स्ट्रिम’ भनिन्छ । आजकाल यो सोसल मिडियामा व्यापक ट्रेन्ड भइरहेको छ । 


के हो यस्ता चुनौती ?

सोसल मिडियामा ट्रेन्ड भइरहेको यो चुनौतीमा कुनै व्यक्तिलाई पैसाको साटो अपमानजनक क्रियाकलाप वा स्टन्ट गर्ने चुनौती दिइन्छ । यस्ता क्रियाकलापको लाइभ स्ट्रिम गरिन्छ जसलाई थुप्रै दर्शकले अनलाइनमा हेर्ने गर्छन् । यसमा थुप्रै पटक यस्ता चुनौती दिइन्छ जुन निकै मुश्किल हुने गर्छन् वा कसैलाई हानी पुर्याउने किसिमका पनि हुन्छन् । 

दर्शकले उनको मृत्यु प्रत्यक्ष हेरिरहेका थिएः

द इन्डिपेन्डेन्टले स्थानीय मिडिया  रिपोर्टलाई उद्धृत गर्दै यी रुसी व्यक्तिको पहिचान ६० वर्षीय यूरी दुशेकिनको रुपमा गरेको छ । उनलाई एक युट्युबरले पैसाको बदलामा रक्सी वा तातो सस खाने चुनौती दिएका थिए । १.५ लिटर भोड्का पिएपछि यी व्यक्ति अचानक लडे र उनको तत्काल मृत्यु भयो । उनको शव पनि लाइभ स्ट्रिममा देखिएको थियो र दर्शकले उनी मरिरहेको हेरिरहेका थिए । 

रुसमा सुरु भयो घटनाको अनुसन्धानः

रुसी अधिकारीले अघिल्लो हप्ता स्मोलेन्स्क शहरमा भएको यो घटनाको अनुसन्धान सुरु गरेका छन् । यसैबीच रुसी सांसद एलेक्सी पुष्कोवले यस्तो घटनामाथि प्रतिबन्ध लगाउनका लागि कानून बनाउनमा जोड दिएकी छिन् । उनले यस्ता घटनाले सोसल मिडियामा हिंसालाई र डिजिटल अपराधलाई प्रोत्साहन गरिरहेको बताएकी छिन् ।