सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान सकियो

सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान सकियो

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान सकिएको छ। शनिवार देखी पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान सकिएको हो । 

पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तरगत सुदूरपश्चिमका लागि ३६ हजार खोप उपलब्ध भएकोमा प्रदेशभर १६ हजार २९३ जनाको सूची तयार गरिएको थियो। 

जस अनुसार प्रदेशभर १३ खोप केन्द्रमार्फत शुक्रवारसम्म १४ हजार ८५५ जनालाई खोप दिइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।