सुत्ने कोठाको धुरीमा दोपट्टाको पासो लगाएर कञ्चनपुरमा  किशोरीद्वारा आत्महत्या

सुत्ने कोठाको धुरीमा दोपट्टाको पासो लगाएर कञ्चनपुरमा  किशोरीद्वारा आत्महत्या

कञ्चनपुर । कञ्चनपुरमा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्लाको बेदकोट नगरपालिका ४ बगुन बस्ने एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार स्थानीय कैलाश रेगामीकी १८ वर्षिया छोरी हेमा रेगामीले नजिकै घर रहेको आफ्नो मामा घरमा शनिवार साँझ झुण्डिएर आत्महत्या गरेको जानकारी दिए । 

उनले घरमा कोही नभएको अवस्थामा सुत्ने कोठाको धुरीमा दोपट्टाको पासो लगाएर झुण्डिएको प्रहरीले जनाएको छ।