कञ्चनपुरमा नक्कली नोट बनाउने उपकरणसहित २ जना पक्राउ

कञ्चनपुरमा नक्कली नोट बनाउने उपकरणसहित २ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा नक्कली नोट बनाउने उपकरणसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका १० भुराबाट गस्तीमा रहेको प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न उपकरणसहित २ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार जिल्लाको पुनर्वास नगरपालिका ६ बस्ने वर्ष ४५ का रमेश खाती र काठमाडौँ महानगरपालिका १४ बौद्ध बस्ने ३३ वर्षका विष्णु भट्टलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो ।

नेपाल भारत सीमा नजिक नेपाल तर्फ आउने क्रममा उनीहरूलाई चेक जाँचको क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नक्कली नोट बनाउने काँचको पाटा, हजारको नोट थान १, ५ सयको नोट थान २, विभिन्न साइजका कागज थान ३८० र केमिकल जस्तो रङसहित २ वटा स्टिलको थाल प्रहरीले बरामद गरेको हो।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक श्रेत्रीले बताए।