आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उछाल आएको छ। आइतबार नेप्से परिसूचक ४८.७४ अंकले बढेर २५२४ अंकमा कायम भएको हो।
आइतबार २०२ वटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार कित्ता सेयर ८७ हजार ६ सय ७० पटक खरिद बिक्री हुँदा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। पुँजी बजारमा कारोबार भएको यो हालसम्मकै बढी रकम हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ३५ वटा कम्पनीको कारोबारमा पोजेटिभ सर्किट लागेको छ।