नेपाललाई सहयोग गर्नेमा दुई छिमेकी र अमेरिका अघि

नेपाललाई सहयोग गर्नेमा दुई छिमेकी र अमेरिका अघि

कोरोना संक्रमणको चपेटामा आफैं परेका बेला दुई छिमेकी भारत र चीनसँगै अमेरिकाले नेपाललाई पटक–पटक स्वास्थ्य सामग्रीलगायत सहयोग गरिरहेका छन् । यसलाई कसैले बलिया मुलुकहरूको अन्तर्राष्ट्रियका दायित्व मानेका छन् भने कतिपयले कूटनीतिक शैली भनेर अर्थ्याएका छन् ।

कान्तिपुर दैनिक लेख्छ–अर्थ मन्त्रालयका अनुसार पटक–पटक गरेर विश्व बैंक र एसियाली विकास बैंकले पनि नेपाललाई ऋण र अनुदान दुवै सहायता उपलब्ध गराएका छन् । तर सहयोग गर्नेमा दुई छिमेकी र अमेरिका अघि रहेका छन् ।