मेसी दशककै उत्कृष्ट खेलाडी घोषित

मेसी दशककै उत्कृष्ट खेलाडी घोषित

स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेसी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनलाई इन्टरनेश्नल फेडेरेसन अफ फुटबल हिस्ट्री एण्ड स्टाटिस्टिक्स्ले दशकका उत्कृष्ट खेलाडी घोषणा गरेको हो। 

सन् २०१० देखि २०२० को दशकमा रियल मड्रिडलाई ४ च्याम्पियन्स लिग लगायतका विभिन्न उपाधि दिलाएका क्रिस्टियानो रोनाल्डोले यो अवार्ड जित्न अनुमान गरिएको थियो तर मेसीले उनलाई पछि पार्दै यो अवार्ड हात पारे। 

मेसीको प्रेरणामा बार्सिलोनाले यो अवधीमा २ च्याम्पियन्स लिग,७ ला लिगा कोपा डेल रे लगायत थुप्रै उपाधि हात पारेको थियो ।