नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

आगामी चैतमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित भएको छ।

नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा सो सिरिज खेल्ने तालिका थियो। सिरिजका लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा छन्।

सिरिजका लागि ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। जसका लागि ओमानले क्वारेन्टाइन खर्च आईसीसीलाई तिर्न प्रस्ताव गर्दै आएको थियो।

आईसीसीले सो भार नव्यहोर्ने जनाएपछि सिरिज स्थगित भएको अनुमान छ। तर ओमान र आईसीसीले भने यस विषयमा कुनै पनि औपचारिक जानकारी नदिएकोे क्यान स्रोतले बताएको छ। अमेरिकाले ओमान भ्रमणको लागि बोलाएको ४४ सदस्यीय टोलीको बन्द प्रशिक्षण रद्द गरेको छ।