आगामी तीनदिनसम्म कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् मौसम पूवार्नुमान !

आगामी तीनदिनसम्म कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् मौसम पूवार्नुमान !

काठमाडौँ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरको छ  ।

जसअनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ २७ गते (मंगलबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती :  सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 माघ २८ गते (बुधबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 
राती :  देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ २९ गते (बिहिबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती :  सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।