भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेका २ लाख बढीका समान बरामद

भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेका २ लाख बढीका समान बरामद

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको २ लाख बढीको अवैध सामान बरामद गरेको छ। 

जिल्लाको बेलडाडी गाउँपालिका वडा नम्बर ४ मा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको चिनी, मैदा, गुदिया, तयारी थान कपडा र प्रतिबन्धित बोईलर कुखुरा गरि २ लाख ६ हजार बराबरको अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 

बरामद गरिएको बोईलर कुखुरालाई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन र अन्य समान भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिए ।