कञ्चनपुरमा परपुरुषसँग श्रीमती, श्रीमानले कोठा भित्रै थुनेर बोलाए प्रहरी !

कञ्चनपुरमा  परपुरुषसँग श्रीमती, श्रीमानले कोठा भित्रै थुनेर बोलाए प्रहरी !

कञ्चनपुर । पछिल्लो समय समाजमा विकृति मौलाइरहेको छ । पश्चिमा संस्कृति भित्री रहेको छ । नेपाल र नेपालको कला संस्कृति हराई रहेको छ । यही कु-संस्कार भनौँ या कु-संस्कृति मौलाउनमा अग्रसर १ जोडीको पर्दाफास भएको छ । 

घटना हो कञ्चनपुरको । जिल्लाको बेलौरी नगरपालिका ६ बस्ने एक जना श्रीमानले ३८ वर्षीया श्रीमतीलाई परपुरुषसँग भेटेपछि कोठा भित्र थुनेर प्रहरीलाई बोलाएर दुवै जनालाई प्रहरीको जिम्मा लगाएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालीले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र श्रीमतीलाई  कोठामै भेटेपछि थुनेको बताए। 

प्रहरी नायब उपरीक्षक थापाले नेपालीले दुवै जनाले आफूमाथि अभद्र व्यवहार गरेको जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको बताउँदै अदालतबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।