चिन्नू सञ्जिवनी यहीँ बारीको घाँसमा छ

चिन्नू सञ्जिवनी यहीँ बारीको घाँसमा छ

चिन्नू सञ्जिवनी यहीँ बारीको घाँसमा छ।
अमृत र जहर सबै घरकै आसपासमा छ।

सायद समय सबैको हिसाब गरेर जाँदैछ,
त्यसैले कोहि आसमा त कोहि त्रासमा छ।

हिजो जसको हातमा गुलाफ राखेर आए,
आज उसै हातको ढुङ्गा मेरो तलासमा छ।

कुरा तिम्रा विचार र व्यबहारले प्रष्ट हुँदैछ,
तिमीलाई त आनन्द मेरो सत्यानासमा छ।

समय अनुसार बस्तुको स्थान तोकिन्छ र,
गोडामुनिको धुलो शीरमाथी बतासमा छ।

२०७७/१०/२७ महेन्द्रनगर