धनगढीको टेम्पल रिसोर्टमा ‘मेरो भ्यालेन्टाइन सिजन-२’ हुने

धनगढीको टेम्पल रिसोर्टमा ‘मेरो भ्यालेन्टाइन सिजन-२’ हुने

प्रणय दिवस अर्थात् प्रेम दिवसको अवसरमा रक स्टार मिडिया प्रा.लि.ले धनगढीमा मेरो भ्यालेन्टाइन सिजन-२ को आयोजना गर्न भएको छ । बुधवार रक स्टार मिडिया प्रालिले पत्रकार सम्मेलन गर्दै भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ मा यो दिवस आगन्तुक भए तापनि केही फरक र नेपाली पन झल्किने गरी मेरो भ्यालेन्टाइन सिजन-२ आयोजना गर्ने जनाएको छ ।

धनगढीमा सन २०१८ मा सुरु गरेको मेरो भ्यालेन्टाइन गत वर्ष विविध कारणले रोकिएको कार्यक्रम यो वर्ष  मेरो भ्यालेन्टाइन सिजन-२ आफ्नो घर टेम्पल रिसोर्टमा हुने कार्यक्रममा सय बढी जोडीलाई सहभागी गराउने व्यवस्थापन र उद्देश्यका साथ मेरो भ्यालेन्टाइन सिजन-२ को आयोजना गर्न लागेको रक स्टार मिडिया प्रा.ली.का अध्यक्ष जितेन्द्र रावल ले जानकारी दिनुभयो ।

उहाँले पारिवारिक वातावरण जस्तै रमाउन सक्ने गरी कार्यक्रमको आयोजन गर्न लागेको  जानकारी दिँदै कार्यक्रममा सहभागिता को  लागि दुई प्रकारको टिकटको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘एक जोडि को नेपाली रुपैयाँ २५ सय र परिवार सहित उपस्थित अर्थात सहभागी हुन चाहने हरूको लागी ३५ सय रुपैयाँ तोकेका छौँ । भने उक्त टिकट भित्र डिनर, स्नेक तथा पेय पदार्थको समेत व्यवस्था गरेका छौँ । उहाँले भन्नुभयो ।”

साथै, भ्यालेन्टाइन सिजन-२ मा जोडीहरूको डान्स, जोडिहरूँ बिच गेम, बच्चाका लागि म्युजिक चेयर गेम र सेल्फी जोन रहने छ, टिकट खरिदमा खाना, स्नेक सहित २५ हजारको एम १५ जिवनी मोबाइलको लक्की ड्र पनि रहेको अध्यक्ष रावलले जानकारी दिए ।

कार्यक्रमको मुख्य प्रायोजन जगदम्बा अल्कोहल वेभ प्रालिको ब्यारोन सेलेक्ट एसट्रा  प्रिमियम हुस्की र सह-प्रायोजकमा महामाया रहेको छ।  लक्की ड्र मोबाइलको प्रायोजन जीवनी कम्पनीले गरेको छ । भने कार्यक्रमको स्थल पार्टनर आफ्नो घर टेम्पल रिसोर्ट रहेको छ ।