देशभर आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 त्यस्तै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज पनि उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।