टिकापुरमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको ज्यान गयो

धनगढी खबर    

टिकापुरमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको ज्यान गयो

टीकापुर । कैलालीको टीकापुरमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। नगरपालिकाको  वडा नं. ८ स्थित हुलाकी सडक खण्डमा बिहीबार राति भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागी राम चौधरीको मृत्यु भएको हो।  

टाउकोमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  अटो रिक्सामा अन्य व्यक्तिहरू भने सवार नरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 



शुक्रबार ३०, माघ २०७७ ०९:२५ मा प्रकाशित

#टीकापुर #कैलाली #अटो रिक्सा दुर्घटना
Loading...

प्रतिकृया दिनुहोस