अध्यक्ष कप रनिङ्ग खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारदेखि पुरुषतर्फको फुटबल खेल सुरु

अध्यक्ष कप रनिङ्ग खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारदेखि पुरुषतर्फको फुटबल खेल सुरु

हसुलिया । कैलालीको कैलारी गाउँपालिका–३ स्थित उत्तर भडरीमा भइरहेको तेस्रो अध्यक्ष कप रनिङ्ग खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारदेखि पुरुषतर्फको फुटबल खेल सुरु भएको छ । 

पहिलो दिनको खेलमा वडा नम्बर २, ५ र ६ विजयी भएका छन् । वडा नम्बर २ ले वडा नम्बर ८ लाई ३–० गोल अन्तरले पराजित गरी आफ्नो जित सुरुवात गरेको हो । वडा नम्बर २ को जितमा अनिल चौधरीले ह्याट्रिक गरे । 

यसैगरी, वडा नम्बर ५ ले कैलारी गाउँपालिकाको कार्यालयलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । कैलारी गाउँपालिकाको टिमलाई हराउने क्रममा वडा नम्बर पाँचका रमेश बोहराले ह्याट्रिक पूरा गरे । यसैगरी, अविष्कार चौधरी र निराजन महतोले सामान एक÷एक गोल थपे । कैलारी गाउँपालिकाको कार्यालयको तर्फबाट सन्तराम चौधरीले सान्त्वना गोल फर्काएका थिए । 

यस्तै, वडा नम्बर ६ ले वडा नम्बर ९ लाई ५–० गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ६ को जितमा युहन चौधरीले ह्याट्रिक पूरा गरे । यस्तै, सागर चौधरी र सनम चौधरीले सामान एक÷एक गोल गरे । फुटलबल प्रतियोगितामा नौ वटै वडा र कैलारी गाउँपालिकाको कार्यालयको गरी पुरुष÷महिलाको १०÷१० वटा टिमको सहभागिता रहेको प्रतियोगिताका मिडिया संयोजक मिसन चौधरीले जानकारी दिए ।

कैलारी गाउँपालिका कार्यालयको सहयोगमा कैलारी स्मार्ट समन्वय युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।