वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डको सलग्नता छ : देउवा

वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डको सलग्नता छ : देउवा

धनगढी : नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले वाइडबडी जहाज घोटाला प्रकरणमा आफ्नो कुनै पनि सलग्नता नरहेको दावी गरेका छन । 

सोमवार विहान नेपाल प्रेस युनियन कैलालीको आयोजनामा धनगढीमा भएको पत्रकार सम्मेलनमा बौल्दै देउवाले वाइडबडी प्रंकरणमा आफ्नो नाम जोडेर आफुमाथि अन्याय भएको बताए । 

‘२०७४ सालमा म प्रधानमन्त्री हुदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालय खाली थिए । उक्त बेला जहाज खरिदका लागि भुक्तानी दिईएको भन्दै मेरो नाम जोडिएको छ । त्यसबारे मलाई केही थाहा छैन ।’ देउवाले भने । 

‘१८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा हुनु ? कसरी थाहाँ पाउनु ? भन्दै देउवाले प्रश्न गरे, ‘यदि मैले मन्त्री स्तरीय निर्णय गरेके भए म दाषी हुन्थे, मलाई केही थाहै छैन । कसरी मेरो सलग्नता हुन्छ ?’

उनले वाइडबडी प्रंकरणका आफ्नो नभई वर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सलग्नता रहेको दावी गरे । 

उनले भने, ‘वाइडबडी प्रंकरणमा मेरो हैन, ओली र प्रचण्डको जी को प्रत्यक्ष सलग्नता छ । ओली प्रधानमन्त्री भएको बेला सरकारले नै जहाज खरिदका लागि उपसमिति गठन गरेको छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको छ ।’  

सभापति देउवाले काँग्रेस छाया सरकर नभई विशेष समिति बनाएर सरकारका काम कारवाहीको मुल्याङन र निगरानी गर्ने बताए । 

‘छाया सरकार छैन, विशेष समिति बनाउछौ । सरकारका कामका बारेमा निगरानी गछौ । त्यसका लागि हामी केही व्यक्तिलाई जिम्मेवारी दिन्छौ ।’ उनले भने । 

देउवाले वर्तमान ओली नेतृत्वको कुरा बढी गरेपनि काम कम गरेको आरोप लगाए । सरकार गठन भए देखि प्रधानमन्त्री र मन्त्रीले विकाश र सम्बृदिका भाषण धेरै गरेपनि त्यसमा ध्यान नदिएको देउवाको आरोप थियो । 

देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा र प्रमाण मेटाउनेलाई सरकारले नै सरक्षण गर्दा देशमा हत्या, हिंसा, बलात्कार लगायतका घटनामा बृदि भएको समेत बताए । 

उनले पार्टीको महासमिति बैठकपछि पार्टी समावेशी भएको दावी गरे । 

आईतवार धनगढी पुगेका देउवाले सोमवार गृह जिल्ला डडेल्धुरामा हुने परशुराम महोत्सवको उद्घाटन गर्नेछन ।