नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

विश्व क्रिकेट लिग-टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ । यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।

तर, कोभिड-१९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्टि्रक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरेको हो ।