दार्चुलामा निर्माणाधीन नहरको पर्खाल भत्किदा दुई मजदुरको घटना स्थलमै मृत्यु

दार्चुलामा निर्माणाधीन नहरको पर्खाल भत्किदा दुई मजदुरको घटना स्थलमै मृत्यु

दार्चुलाला ।  जिल्लाको अपिहिमाल गाउँपालिका—६ सितोलाको मज्जे भन्ने स्थानमा निर्माणाधीन नहरको पर्खाल भत्किदा दुई मजदुरको घट्ना स्थलमै मृत्यु भएको छ । नहर निर्माणको काम गरिरहेका मार्मा गाउँपालिका—१ का अन्दाजी ४५ वर्षीय बल्देब महर र अपिहिमाल गाउँपालिका—५ सैगन्ना बस्ने ३७ वर्षीया गिता धामीको मृत्यु भएको नहर निर्माण समितिका अध्यक्ष धन सिंह धामीले जानकारी दिए ।

अपिहिमाल गाउँपालिकाको वडा नम्बर ६ राङपाङ खोलाबाट सोही वडाको मज्जे भन्ने स्थानमा निर्माण भइरहेको मज्जे खोला लघु जलविद्युत आयोजनाको नहर निर्माण गर्ने क्रममा पर्खाल भत्केर उनीहरुको मृत्य भएको उनले बताए । ७÷८ मिटर उचाई सम्म निर्माण भइरहेको नहरको बिच भाग एक्कासी भत्किदा नहर निर्माणमा संलग्न डकर्मी महर र सहयोगी धामी हुत्तिएर तल खोलामा खसेको उनले बताए ।

उनीहरुसंग काम गरिरहेका अन्य दुई जना भागेर बाच्न सफल भएका छन् । नहर निर्माणमा करिव २०÷२५ जना कामदारहरु काम गरिरहेका भएपनि उनीहरु आसपासको क्षेत्रमा रहेको बुझिएको छ । घट्ना बिहान ११ बजेतिर भएको हो । अहिले घटनास्थलमा लटिनाथबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख भाष्कर चन्दले जानकारी दिए ।