कैलाली अस्पतालद्धारा सुदूरपश्चिममै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरु

कैलाली अस्पतालद्धारा सुदूरपश्चिममै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सञ्चालित कैलाली अस्पताल प्रा.लिले प्रदेशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरेको छ । शनिबार अस्तालमै पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका अध्यक्ष जनक राज जोशीले प्रदशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरिएको जानकारी दिए ।

उनले अब प्रदेशका मुटु रोग सम्बन्धी विरामीहरुले अन्य ठाउँमा जानु पर्ने बाध्यताको अन्त्य भएको बताए । मुटु रोगका विरामीलाई सस्तो र शुलभ उपचार सेवा अबदेखि कैलाली अस्पतालले प्रदान गर्ने अध्यक्ष जोशीले दावी गरे । यस्तै मुटु रोग विषेशज्ञ डाक्टर राजेश कुमार पञ्जियारले सुदूरपश्चिम प्रदेशका जनताले अब प्रदेशमै सुवा पाउने बताए ।

उनले मुटु रोग सम्बन्धी सम्पुर्ण सेवाहरु कैलाली अस्पतालबाटै उपलब्ध गराईने जानकारी दिए । प्रदेशमा मुटु रोग सम्बन्धी डाक्टर नभएका बेला आफु आएर सेवा दिन पाउँदा खुशी लागेको बताए । आउदो दिनहरुमा अझै गुणस्तरिय सेवा दिने प्रयास गर्ने डाक्टर पञ्जियारले प्रतिबद्धता व्यक्त गरे ।