केएमसीको आयोजनामा सामाजिक कार्यमा एकदिने गोष्ठी कार्यक्रम धनगढीमा सम्पन्न

केएमसीको आयोजनामा सामाजिक कार्यमा एकदिने गोष्ठी कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी । कैलाली बहुमुखी क्याम्पस र विएसडब्लु दोस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुद्धारा शनिबार आयोजित सामाजिक कार्यमा एकदिने गोष्ठी कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । विद्यार्थीहरुले सिकेका कुराहरुलाई लक्षित गरेर सामाजिक कार्य र सामाजिकीकरणको आधारभुत अवधारणा बुझाउने तथा व्यवहारमा उतार्ने उद्धेश्यका साथ ओम प्यालेसमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको औपचारिक उद्घाटन गर्दै कैलाली बहुमुखी क्याम्पसका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. पदमराज जोशीले कार्यक्रमलाई क्याम्पसले उदाहरणको रुपमा लिएको र आगामी दिनमा कार्यक्रम गर्दा यसै कार्यक्रमको सफलताले निर्धारण गर्ने बताए ।

उनले क्याम्पस सुदूरपश्चि विश्वविद्यालमा समायोजन भएसंगै नकारात्मक टिका टिप्पणी सुन्नमा आएको कुरालाई स्पष्ट पार्दै कैलाली बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त भएको र यहाँको शिक्षाको गुणस्तरियताको कारणले विद्यार्थी आउने गरेको टियु र सुदूरपश्चिम विश्वविद्यालयको मान्यता बराबर रहेको बताए । साथै उनले लगत्तै अर्को वर्ष एमएसडब्लु पनि यसै क्याम्पसमा सञ्चालन आउने जानकारी दिए ।

यस्तै विएसडब्लु विषय अन्र्तगत कैलाली बहुमुखी क्याम्पसमा पछिल्लो समय विद्यार्थीहरुको आर्कषर्ण बढ्दै गएको र यो विषयमा प्रयोगात्मक क्षेत्रहरु धेरै भएको भएपनि ति क्षेत्रको पहिचान गर्न नसकेको र सिकाईमा लागु गर्न नसकेको अवस्था आएको क्याम्पसका प्राध्यापक संघका सभापति तथा कार्यक्रमका विशिष्ट अतिथी लोक बहादुर विष्टले बताए ।

औपचारिक कार्यक्रमको समापन गर्दै क्याम्पसका मानविकी संकायका विभागिय प्रमुख तथा कार्यक्रमका सभापति मान बहादुर जोराले विद्यार्थीहरुले सिकेका कुराहरुलाई लक्षित गरेर सामाजिक कार्य र सामाजिकीकरणको आधारभुत अवधारणा बुझाउने तथा व्यवहारमा उतार्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

विएसडब्लु समुह दोस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी क्याम्पस प्रमुख प्रा.डा पदमराज जोशी, विशिष्ट अतिथी प्राध्यापक संघका सभापति लोक बहादुर विष्ट, क्याम्पसका स्ववियू सभापति चुडामणी भट्ट लगायतका व्यक्तहरुको उपस्थिती रहेको थियो ।  

विषय विज्ञका रुपमा त्रिभुवन विश्वविद्यालयका समाज कार्यका प्राध्यापक पियुष जोशी, त्रिभुवन विश्वविद्यालयको समाज कार्य विभागमा कार्यरत प्रदिप आर्चाय, लर्न नेपालमा कार्यरत मिन शाही रहनुभएको थियो । दोस्रो बर्षमा अध्ययन विद्यार्थी लेखनाथ जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी आभाष उपाध्याय र अनिता बगाले 'अनु' ले गरेका हुन ।