जनयुद्ध दिवसको अवसरमा कञ्चनपुरका विसी र जोशीले गरे अन्तरजातिय विवाह

जनयुद्ध दिवसको अवसरमा कञ्चनपुरका विसी र जोशीले गरे अन्तरजातिय विवाह

कञ्चनपुर । कञ्चनपुरका युवायुवतीले जनयुद्ध दिवसको अवसर पारेरे अन्तरजातिय विवाह गरेका छन्। भीमदत्त नगरपालिकाको गड्डाचौकीका बिरेन्द्र बिसी र बासखेडाकी लक्ष्मी जोशीले जनयुद्ध दिवसको अवसर पारेर शनिबार काठमाडौँमा विवाह गरेका हुन्।

विवाहमा नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लगायत नेकपा नेता कार्यकर्ताको उपस्थिती रहेको जनाइएको छ। बिसी नेकपा कञ्चनपुरका जिल्ला कमिटि सदस्य हुन् जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहेको जनाइएको छ।