इन्टरनेटमा 'कन्टेन्ट फिल्टरिङ’को तयारी

इन्टरनेटमा 'कन्टेन्ट फिल्टरिङ’को तयारी

काठमाडौँ ।  इन्टरनेटमा  अश्लील  र  भ्रामक  सामग्री  नियमन  गर्ने  उद्देश्यसहित  सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ 

यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने  भएकाले  प्रणाली  राख्ने  विषयमा  अध्ययन  भइरहेको    नेपाल    दूरसञ्चार    प्राधिकरणका    निर्देशक   विजयकुमार  रोयले   बताए । उनका  अनुसार  चालू  आर्थिक  वर्षको  वार्षिक  कार्यक्रममै उक्त प्रणालीका लागि प्रक्रिया सुरु गर्ने प्राधिकरणको तयारी छ ।

प्रविधि  पत्रकार  मञ्च  (टीजेएफ)ले  शनिबार  आयोजना  गरेको  भर्चुअल  कार्यक्रममा  उनले  यसका लागि नेपाल भित्रिने ब्यान्डविथ ट्राफिकको अध्ययन  भइरहेको  जानकारी  दिए ।  “कुनै  व्यक्ति वा संस्थाको सामग्रीलाई नियन्त्रण गर्ने यसको उद्देश्य भने होइन,” उनले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।