‘मुलुकमा पुनः द्वन्द्व हुन सक्छ’ : गृहमन्त्री

‘मुलुकमा पुनः द्वन्द्व हुन सक्छ’ : गृहमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समँहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा पुनः अर्को सशस्त्र द्वन्द्व हुन सक्ने अवस्था आउन सक्ने भएकाले तयारीको अवस्थामा रहनुपर्ने बताउनुभएको छ ।

शनिबार जनयुद्ध दिवसमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । समाजवादी क्रान्ति अगाडि बढाउँदै गर्दा प्रतिक्रियावादी वर्गले भोलि गएर सशस्त्र प्रतिरोध गर्न सक्ने बताउँदै उहाँले समाजवादी कार्यक्रम लागँ गर्ने क्रममा एउटा सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

भोलि गएर समाजवादी क्रान्तिको एउटा चरणमा प्रतिक्रियावादी वर्गले सशस्त्र प्रतिरोध ग¥यो भने त्यसलाई असफल पार्न सरकारसँग भएको सेना प्रहरीद्वारा उनीहरुमाथि सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्छ।’ –गृहमन्त्री थापाले भन्नुभयो । तर अहिले नै समाजवादी क्रान्तिका लागि हतियार उठाउनुपर्ने अवस्था र आवश्यकता नरहेको उहाँले बताउनुभयो ।