अछाममा कोरोना भाइरसविरुद्धको खोप ३ वटा केन्द्रबाट लगाउन पाइने

अछाममा कोरोना भाइरसविरुद्धको खोप ३ वटा केन्द्रबाट लगाउन पाइने

अछाम । अछाममा पहिलो चरणको दोस्रो लक्षित समूहका लागि आजदेखि सुरु हुने कोरोना भाइरसविरुद्धको खोप ३ वटा केन्द्रबाट लगाउन पाइने भएको छ ।

लक्षित समूह अन्तरगत पहिलो चरणको दोश्रो प्राथमिकतामा रहेका नागरिकलाई आजबाट खोप लगाइने भएको हो । जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र गरि जिल्लाका ३ ठाँउबाट कोरोनाविरुद्धको खोप लगाइने बताइएको छ ।

अछाममा कोरोनाविरुद्धको खोप जिल्लाभरिबाट दोश्रो प्राथमिकतामा रहेका २ हजार १ सय जनाभन्दा बढीलाई लगाउने लक्ष्य लिइएको छ ।