ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

काठमाण्डाै । अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ ।

माथिल्लो सदन सिनेटले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उहाँ महाअभियोगबाट जोगिनु भएको बीबीसीले जनाएको छ ।

सिनेटमा ट्रम्पविरुद्धको दोस्रो पटकको महाअभियोग प्रस्तावमाथिको सुनुवाइपछि मतदान भएको थियो । तर, महाअभियोग पारित हुनका लागि चाहिने दुई तिहाइ मत जुट्न सकेन । रिपब्लिकनसहितका ५७ सिनेटरले महाअभियोगको पक्षमा मतदान गरे पनि दोषी ठहर गर्नका लागि चाहिने दुई तिहाइका लागि १० सिनेटरको मत पुगेन ।

माथिल्लो सदन सिनेटमा एक सय सदस्य रहेकोमा महाअभियोग पारित हुनका लागि दुई तिहाइ अर्थात् ६७ सदस्यको मत चाहिन्छ । गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउन प्रस्ताव गरिएको थियो ।