कञ्चनपुरमा माेटरसाइकल चोरी गर्ने युवक पक्राउ

कञ्चनपुरमा माेटरसाइकल चोरी गर्ने युवक पक्राउ

कञ्चनपुर ।  कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १५ का जोहारीलाल चौधरीको मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन्। 

कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार जिल्लाकोे कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपलीया विबाहमा गएका चौधरीको से ५ प २५६८ नम्बरको मोटरसाइकल  चोरी गर्ने सो ठाउँका २१ वर्षिय जयराम राना पक्राउ परेका हुन्।

उनले २ गते राति मोटरसाइकल चोरी गरेर लालझाडीमा लुकाएका थिए। चोरीको मोटरसाइकलसहित रानालाई पक्राउ गरि कानूनी कारबाही थालिएको प्रहरीले बताएको छ।