युवा व्यवसायी सुसन जोशीद्धारा स्पोर्टस अवार्डको बर्ष चर्चित खेलाडी प्रायोजन

युवा व्यवसायी सुसन जोशीद्धारा स्पोर्टस अवार्डको बर्ष चर्चित खेलाडी प्रायोजन

धनगढी । धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्षको चर्चित खेलाडी विधालाई अत्तरियाका युवा व्यवसायी सुसन जोशीले प्रायोजन गरेका छन् ।

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्षको चर्चित खेलाडी अर्थात पिपुल च्वाईस अवार्डलाई जोशीले प्रायोजन गरेका हुन् ।

जोशी सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा वढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष हुन् । बर्षको चर्चित खेलाडी पिपुल च्वाईच विधाको नाम बिवाईसी पिपुल च्वाईच अवार्ड रहनेछ ।

वनदेवी युवा क्लबले विगत लामो समयदेखि विभिन्न सामाजिक कामहरु पनि गर्दै आएको छ । जोशीले व्यक्तीगत रुपमा विभिन्न सामाजिक कामहरुमा पनि सहयोग गर्दै आएका छन् । अवार्ड अन्तर्गतको यो विधा प्रायोजन प्रायोजन सम्बन्धी सम्झौता पत्रमा युवा व्यवसायी सुसन जोशी र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाबीच हस्ताक्षर भएको छ ।

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ ।