यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। केही दिनदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ।

आज पनि केही स्थानहरूमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार तीन दिनसम्मकाे माैसम यस्तै रहने छ।  तराईका केही ठाउँमा भने बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेको छ। 

देशभरको तापक्रममा सामान्य गिरावट आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ।