सामूहिक कुटपिट मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

सामूहिक कुटपिट मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा सामूहिक कुटपिट मुद्दामा फरार रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।   

पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१ बस्ने गजबहादुर बिष्ट, सोही ठाउँका  कृष्णबहादुर साउद, डम्बरबहादुर बिष्ट, टेकबहादुर साँउद र कर्णबहादुर बिष्ट रहेका छन्। 

जिल्ला अदालतले उनीहरुलाई जनही ५० जरिवाना सुनाएको थियो।  फैसलापछि फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।