कोरोना भाइरसको नक्कली खोप बेच्‍ने चिनियाँ पक्राउ

कोरोना भाइरसको नक्कली खोप बेच्‍ने चिनियाँ पक्राउ

चीनमा पानी र सलाइनलाई कोरोना भाइरसको खोपका रूपमा प्रयोग गरेर लाखौं डलर कमाउने एक जना पक्राउ परेका छन्  ।

कङ नाम दिइएका ती व्यक्तिले वास्तविक खोपको अनुसन्धान गरेपछि ५८ हजार नक्कली खोप बनाएर बिक्री गरेका थिए । अधिकारीहरूले तीमध्ये केही मात्रा खोप चीनबाहिर पनि तस्करी गरिएको जनाएका छन् । तर ती नक्कली खोप कुन देशमा पुर्‍याइयो भन्नेबारे केही उल्लेख गरिएको छैन ।

हालसम्म नक्कली खोप बनाएको र बिक्री गरेको आरोपमा चीनमा कम्तीमा ७० जना पक्राउ परिसकेका छन् । उनीहरू विभिन्न २० वटा घटनासँग सम्बन्धित रहेका जनाइएको छ ।

नक्कली खोप निर्माण गर्ने र बिक्री गर्नेमाथि चीनले कडा कारबाही गर्ने जनाइरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको हो ।