सुदूरपश्चिम स्पोर्टस अवार्डः बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

सुदूरपश्चिम स्पोर्टस अवार्डः बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

धनगढी । धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको एउटा विधा बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शन र लोकप्रियताको आधारमा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जानकारी दिएको छ ।

पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पर्नेहरुमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी छन । दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी, लाईफटाईम अचिभमेन्ट अवार्ड विधा प्रायोजक सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र स्पेशल अवार्ड विधा प्रायोजक न्यु सिटी पोलि क्लिनिकका सञ्चालक भरत कुँवरले मनोनयन सार्वजनिक गरे ।

सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा वढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले यो विधालाई प्रायोजन गरे साथ दिएका छन् । त्यही भएर यो बिधाको नाम बिवाईसी पिपुल च्वाईस अवार्ड रहेको छ ।  विजेताको घोषणा सर्वसाधारणले एसएमएस र फेसबुक मार्फत तथा खेलकुद पत्रकार र र प्रशिक्षकको मतको आधारमा हुनेछ ।

फेसबुकमा भोटका लागि सुदूरपश्चिम स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाईक गर्न सकिने मञ्चका महासचिव तथा अवार्डका संयोजक प्रदीप पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम स्पोर्टस अवार्डको फेशबुकमा गएर आफूलाई मनपर्ने खेलाडीको प्रोफाईलमा लाईक गर्ने सकिने व्यवस्था गरिएको छ ।

तीनै जना खेलाडीहरुको तीन वटा फोटो एकै पटक हालिएको प्रोफाईल र अलग अलग हालिएको प्रोफाईलमा गएर लाईक गर्न सकिने पाठकले बताए । दुबै फोटोहरुमा गरिएको लाईक गणना हुनेछ ।  मोबाईल भोटिङका लागि मनोनयनमा परेका खेलाडीको कोड बनाईएको महासचिव पाठकले बताए । मोबाईल एसएमएसका लागि गौरीका सिंहलाई १, अन्जली चन्दलाई २ र सरस्वती चौधरी ३ नम्बर कोड दिईएको छ ।

मोबाईलको म्यासेज बक्समा गएर एसएसए लेखेर एक स्पेसपछि मन परेको खेलाडीको कोड १, २ वा ३ लेखेर ३८६८७ मा एसएमएस गर्न सकिनेछ । भोटिङ लाईन आजैबाट सुरु भई चैत ४ गते राति  १२ः०० बजेसम्म खुला रहनेछ । एसएमएस भोटिङको मतभार ५० प्रतिशत रहनेछ ।

फेसबुक पेजको २५ प्रतिशत र पत्रकार,  प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ ।