पार्किङको व्यवस्थापनका लागि बैक तथा सरोकारवाला उदाशिन

पार्किङको व्यवस्थापनका लागि बैक तथा सरोकारवाला उदाशिन

धनगढी : धनगढीको बजार क्षेत्रमा सवारी साधन पार्किङको ब्यवस्था नहुँदा सडकमा दुर्घघनाको खतरा बढिरहेको छ । खास गरी मुख्य बजार क्षेत्रमा बिभिन्न बैंकहरुका कार्यालय रहेको र त्यहाँ सेवाग्राहीको अत्यधिक भीड हुने भएकोले सवारी साधन पार्किङको ब्यवस्था नहुँदा सडकमै पार्किङ गर्दा समस्या हुने गरेको हो । 

सेवाग्राहीके अत्यधिक भीड हुने बैंकमध्येको एक हो, राष्ट्रिय बाणिज्य बैंक पनि । निर्माणाधीन ६ लेन सडकमै कार्यालय रहेको यो बैंकमा पार्किङको ब्यवस्था नहुँदा मुल सडकमा दुर्घटनाको सम्भावना बढेको हो । 

धनगढीमा रहेका बित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी ग्राहक रहेको राष्ट्रिय बाणिज्य बैंकको कार्यालय धनगढी चौराहाबाट उत्तरतिरको निर्माण भइरहेको ६ लेन सडकसितै जोडिएको छ । सेवाग्राहीको अत्यधिक चाप हुने यस बैंकमा सेवाग्राही संगै कर्मचारीका सवारी साधन समेत पार्किङ गर्ने स्थान छैन् । संयौंको संख्यामा सेवाग्राही आउने यस बैंकमा पार्किङको ब्यवस्था नभएपछि सेवाग्राहीले आफ्नो मोटरसाइकल सडक छेउमै पार्किङ गरी बैंकमा काम गर्न जाने गरेका छन् ।

यसरी सडकमा सवारी साधनको भीड बढेपछि गाडी गुड्ने ठाउँ साघुँरो भएको छ । साघुँरो सडकमा दुर्घटनाको सम्भावना रहेनेको गरेको ट्राफिक प्रहरीले जनाएको छ । यसरी सडकमा साघुँरो क्षेत्रफलका कारण भईरहदा हिडडुल गर्न समेत समस्या भएको एक जना स्थानिय व्यापारी कालीभान गिरीले गुनासो गर्नुभयो ।

यसरी धनगढी का बिभिन्न ठाउमा उचित पार्किङको ब्यवस्था सर्बसााधारणले दुख पाउने गरेका छन । पार्किङ गर्ने  ठाउ नहुदा बाध्यताले गाडीहरु राख्नुपरेको किसन अछामीले बताउनुभयो ।सबैभन्दा बढी भिडभाड हुने यस बैंकले भने पार्किङ  गर्ने ठाउ नहुदा समस्या हुने गरेकोले तत्काल बैकको तर्फबाट  यसको समाधन नहुन।  राष्ट्रिय बाणिज्य बैंक महाप्रवन्धक हरिश चन्द्र भट्टले बताउनुभयो । धनगढी उपमाहनगरपालिकाले धनगढी ब्यस्त क्षेत्र एलएन चोक र अस्पताल छेउमा मात्रै पार्किङको ब्यवस्था गरेको छ । सडकमा बढिरहेको ट्राफिक ब्यस्तताले अन्य क्षेत्रमा पनि पार्किङको ब्यवस्था गर्नुपर्ने देखिन्छ ।