अवहेलना मुद्दा लागेका प्रधानमन्त्री ओली आज सर्वाेच्च अदालत उपस्थित हुँदै

धनगढी खबर    

अवहेलना मुद्दा लागेका प्रधानमन्त्री ओली आज सर्वाेच्च अदालत उपस्थित हुँदै

आफूविरुद्ध अदालतको अवहेलना गरेको मुद्दा लागेका प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज सर्वाेच्च अदालत जाँदै छन्।

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली आज अदालत जान लागेको जानकारी नेपालखबरलाई दिएका हुन्।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेका कारण प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हाे।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीश तथा पूर्वसभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

बाटोको म्याद हेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबार मात्र म्याद तामेल गरेको थियो।

चार पूर्व प्रधानन्यायाधीशले भने सोमबार अदालत उपस्थित भएर लिखित जवाफ पेस गरिसकेका छन्।



बिहिबार ०६, फागुन २०७७ १०:३२ मा प्रकाशित

#प्रधानमन्त्री केपी शर्मा ओली #सर्वाेच्च अदालत

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस