फेसबुकले लगायो समाचार सेयर गर्न र हेर्न प्रतिबन्ध

फेसबुकले लगायो समाचार सेयर गर्न र हेर्न प्रतिबन्ध

सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा समाचार हेर्न र सेयर गर्न प्रतिबन्ध लगाएको छ ।

फेसबुकमा समाचारका लिंकहरु सेयर गर्न र हेर्न प्रतिबन्ध लगाएपछि अष्ट्रेलियाका पाठकहरुले आज बिहीवार बिहानदेखि फेसबुकमा कुनै पनि समाचारहरु हेर्न नपाएको बीबीसीले जनाएको छ ।

अष्ट्रेलियाको मिडिया कानूनलाई लिएर फेसबुक सरकारसँग विवादमा छ । अष्ट्रेलियामा फेसबुकले पनि आफ्नो पेज बन्द गरेको छ। फेसबुकको यो कदमले अष्ट्रेलियामा आपतकालीन सेवाहरू (स्वास्थ्य र मौसम) लाई पनि असर गरेको छ।

फेसबुकले मिडिया कानूनको विरोधमा यो कदम चालेको हो । अस्ट्रेलियाको कानून अनुसार फेसबुक र गुगलजस्ता प्रविधिसँग जोडिएका कम्पनीले समाचार देखाउन सरकारलाई कर तिर्नुपर्ने हुन्छ । प्रतिबन्ध पछि अस्ट्रेलियामा कोरोना भाइरस र मौसम सम्बन्धी जानकारी दिने समाचार पेजहरू पनि बन्द भएका छन् ।