आइपिएल अक्सन : म्याक्सवेलले पाए १४ करोड २५ लाख

आइपिएल अक्सन : म्याक्सवेलले पाए १४ करोड २५ लाख

इन्डियन प्रिमियर लिग(आइपिएल)को १४औँ संस्करणका लागि अहिले अक्सन चलिरहेको छ । भारतको चेन्नईमा अक्सन कार्यक्रम भइरहेको छ । 

आइपिएल अक्सनमा अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई लिनका लागि कडा प्रतिस्पर्धा भएको छ । गत सिजन  किंग्स ११ पञ्जाबमा रहेका उनलाई पञ्जाबले रिलिज गरेको थियो । म्याक्सवेल २०२१ को सिजनका लागि १४ करोड २५ लाखमा विक्रि भएका हुन् । म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो टिममा भित्र्याएको हो । 

म्याक्सवेल लिनका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किंग्सबीच कडा प्रतिस्पर्धा भएको थियो। 
सुरुमा कोलकता नाइटराइडर्सले पनि उनीमाथि बोली लगाएको थियो । कोलकताले ४ करोड २० लाखपछि बोली लगाउन छाडेको थियो । राजस्थानले पनि उनीमाथि बोली लगाएको थियो । 
२ करोड आधार मूल्यबाट सुरु भएकोमा बैंग्लोर र  चेन्नईले कडा प्रतिस्पर्धा गरेका थिए ।