पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा बर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा बर्षा र हिमपात

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भू(भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो : प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राती : प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।