कञ्चनपुरमा रुखमा झुण्डीएको अवस्थामा एक महिला मृत फेला

कञ्चनपुरमा रुखमा झुण्डीएको अवस्थामा एक महिला मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा रुखमा झुण्डीएको अवस्थामा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको कृष्णपुर नगरपालिका -२ बंकस्थित बन्दशिविर बस्ने माहामती देवी विष्ट मृत फेला परेकी हुन् ।

अन्दाजी ४५ वर्षीया विष्ट रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शव पोस्टमाटम पश्चात आफन्तलाई बुझाइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।