इन्सेक सुदूरपश्चिमद्वारा 'नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१' सार्वजनिक

इन्सेक सुदूरपश्चिमद्वारा 'नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१' सार्वजनिक

धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदूर पश्चिम प्रदेशले धनगढीमा शुक्रवार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’सार्वजनिक गरेको छ । केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा शुक्रवार धनगढीमा पनि सार्वजनिक गरीएको हो । अनौपचारिक सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न थालेको २९ वर्ष पुरा भएको छ ।

इन्सेकले गरेको अभिलेख अनुसार सन २०२० मा सुदूरपश्चिममा ५ सय १७ मानवअधिकार उल्लघनका घटना सार्वजनिक भएका छन् । जसमध्ये गिरफ्तार ४०,कुटपिट २७,बाल अधिकार ८२,हिरासतमा मृत्यु २,जेलमा मृत्यु ३,आर्थिक सामाजिक तथा सास्कृतीक अधिकार १,घाइते ३,हत्या ४०,जातिय विभेद ७,अभिव्यक्ति,भेला तथा संङ्गठितहुने अधिकार १ र महिला अधिकार ३ सय ११ गरी ५ सय १७ मानव अधिकार उल्लघनका घटना सार्वजनिक भएको इन्सेकले जनाएको छ ।

सन् २०१९ मा ७ सय ९८ वटा घटना भएका छन । सन् २०१८ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ सय ६४ जना पीडित भएका थिए । नागरिकको मर्यादा र सार्वभौम अधिकारप्रति सचेतना बढाउने अभिप्रायले नै मानव अधिकार सँग सम्बन्धित घटना र सूचना प्रकाशन गरिएको अनौपचारिक सेवा केन्द्रका सुदूरपश्चिम प्रदेशका संयोजक खडक राज जोशीले जानकारी दिए।