बोल्नु पनि अपराध हुने देशमा छु बोल्नु हुँदैन

बोल्नु पनि अपराध हुने देशमा छु बोल्नु हुँदैन

बोल्नु पनि अपराध हुने देशमा छु बोल्नु हुँदैन।
मान्छेहरू कोट्याउदै रमाउछन र खोल्नु हुदैन।

सम्बन्ध समदुरीकै उपयुक्त हुन्छन सायद सधैं,
चलाउनु हुँदैन धेरै सम्बन्धहरू खोतल्नु हुदैन।

निर्दोश गुलाफको पनि चीरहरण हुन्छ बिचरा!
आफ्नो स्वार्थमा निर्दोष जिन्दगी पोल्नु हुँदैन।

कसको भित्र कति फोहर छ सबलाई थाहा छ,
यसरी जथाभावी खोक्नु हुँदैन ओकल्नु हुँदैन।

प्रेम अनुभुती हो आकर्षक होइन बुझेनौ अझै,
सम्बन्ध व्यापार बनाएर चौराहमा मोल्नु हुँदैन।

धातु होइन म पोलेर निखार ल्याउन नखोज्नु
बुझिराख जतन गर्नु पर्छ माया पिरोल्नु हुँदैन।

###प्रणय दिवसको हार्दिक शुभकामना##
                   २०७७/११/०२ महेन्द्रनगर