यहाँ भ्रष्टहरूले अक्सर पाएको जस्तो देखिन्छ

यहाँ भ्रष्टहरूले अक्सर पाएको जस्तो देखिन्छ

यहाँ भ्रष्टहरूले अक्सर पाएको जस्तो देखिन्छ।
मौका त्यस्तैले सकभर पाएको जस्तो देखिन्छ।

एकजना साथी भर्खर कुदेर गएको देखियो हेर,
पद बाड्दै गरेको खबर पाएको जस्तो  देखिन्छ।

एउटा स्कुले केटो सोध्दथ्यो विकास किन भएन,
अचेल सोध्दैन ऊ  उत्तर पाएको जस्तो देखिन्छ।

दुर्गम गाउँको गरिब क्रान्तिकारी गाउँ नै बिर्सेछ,
डेरा गर्न मस्तिमा सहर पाएको जस्तो देखिन्छ।

उसका अभिव्यक्तिहरू तुच्छ बन्दै गएका छन्,
ऊ बन्न कसैको पुच्छर पाएको जस्तो देखिन्छ।

युद्धको सस्तो अहंकार पलाएको देखिन्छ आज
सायद सेनाहरू साइबर पाएको जस्तो देखिन्छ।
                           २०७७/११/८ महेन्द्रनगर