शुभ प्रभात, तपाईँको दिन शुभ रहोस् !

शुभ प्रभात, तपाईँको दिन शुभ रहोस् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आज साथीभाईबाट सहयोग मिल्नेछ । धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । मिहिनेत गर्दा बढी प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडी बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ सफलता पनि मिल्नसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।