आज मौसम सफा, मंगलबार पुनः वर्षा

आज मौसम सफा, मंगलबार पुनः वर्षा

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।हाल  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक  रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा   रहेको छ ।

आइतवार प्रदेश १ को  पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । सोमवार प्रदेश १, गण्डकी र सुदुर पश्चीम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही    बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलवार देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडि भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।