गोजुरियो कराँते दो संघ संघ नेपाल लुम्बिनी प्रदेशद्धारा एड्भान्स ट्रेनिङ सेमिनार सम्पन्न

गोजुरियो कराँते दो संघ संघ नेपाल लुम्बिनी प्रदेशद्धारा एड्भान्स ट्रेनिङ सेमिनार सम्पन्न

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागी खेलकुद” भन्ने मुकुल नाराका साथ राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको कोहलपुरमा २ दिने एडभान्स ट्रेनिङ सेमिनार सम्पन्न भएको छ ।

कोहलपुर ३ मदन चोकमा रहेको कोहलपुर बागेश्वरी इ.मी स्कुलमा सो उद्घाटन कार्यक्रम तथा समापन कार्यक्रम यज्ञराज जैशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सभापति यज्ञराज जैसि, प्रमुख अतिथि राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका अध्यक्ष तथा नेपालका लागी मारिससका तर्फबाट अबैतानिक वाणिज्य दुत गणेश कार्की, विशिष्ट अतिथि राष्ट्रिय गो जुरियो कराँते दो संघ नेपालका महासचिव प्रकाश कुमार चन्द अतिथि केन्द्रीय सदस्य जनक बि।क,नन्दलाल थारु ,कुबेर खड्का ,तथा प्रदेश ५ का कोषाध्यक्ष दीपक चौधरी प्रदेश सदस्य पदम नारायण श्रेष्ठ लगायत अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम करिब २५० जना खेलाडीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका राष्ट्रिय गो जुरियो कराँते दो संघ नेपालका महासचिव प्रकाश कुमार चन्दले कातेका माध्यमबाट यो राष्ट्रलाई चिनाउनका लागी आफुहरु सधैँ लागी परेको साथै आफ्नो देशलाई खेलको माध्यमबाट चिनाउनु पर्ने बताउनुभयो ।